Sunday, March 26, 2017  |    

सगरमाथा आरोहणको क्रममा भारतीय नागरीकको मृत्यु

प्रकाशित मिति: 2016/05/23

जेठ १०,काठमाडौं ।  सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्क्विहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
 
सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्क्विहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।

 
भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्क्विहीन छन् । तीन नेपालीको भने परिचय खुल्न नसकेको बताइएको छ ।
 
घटनाको उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ । सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन् ।
 
आज पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताए ।
 

 

तपाईंको बिचार