Wednesday, June 28, 2017  |    

“राता लुगा लगाएर आत्मदहन नगर्नुहोस”ः मन्त्री पोखरेल

प्रकाशित मिति: 2016/05/24

सागर चन्द
जेठ ११,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्री आन्नद प्रसाद पोखरेलले बौद्ध भिक्षुहरुले आत्मदहन गर्ने गरेकोमा रोष प्रकट गरेका छन् । मन्त्रीले आत्मदहन गर्ने भिक्षुहरु बौद्ध धर्मका बिरोधि भएका आरोप समेत लगाएका छन् ।

हिजो राजधानीमा आयाोजीत विश्व शान्ति पुजाको समापन कार्यक्रममा बोल्दै पोखरेलले भर्खरै सम्मपन्न २५६० औँ बौद्ध जयन्ती नेपाल र नेपाली बौद्ध धर्मावलम्बीको लागि ठुलो उपलब्धि भएको बताएका छन् । साथै उनले भिक्षुहरुलाई राता लुगा लगाएर आत्मदहन नगर्नपनि आग्रह गरेका छन् ।  
विश्व शान्ति पुजा समापन कार्यक्रममा बोल्दै नेपाल पर्वताहेरण संघका अध्यक्ष आङ्छिरीङ शेर्पाले २ बर्ष यता रोकिएको सगरमाथा आरोहण यो बर्ष उत्साहजनक रहेको बताएका छन् । यो बर्षको सुरुवातमै हिमाली पर्यटनले भूकम्प र नाकाबन्दीको क्षतिको ८७ प्रतिशत रिकभर भएको जानकारी दिएका छन् ।    
वि.स २०५९ सालमा स्व.हर्क गुरुङले सुरु  गरेको विश्व शान्ति पुजा हिमाल र हिमाली क्षेत्रका बासिन्दाको भलाइका लगि गरिन्छ ।    

 

तपाईंको बिचार