Friday, June 23, 2017  |    

गोसाइँकुण्डमा पदमार्ग निमार्ण कार्य सुचारु

प्रकाशित मिति: 2016/05/24

जेठ ११ रसुवा ।  गोसाइँकुण्ड पद मार्ग निर्माण कार्य अगाडि बढेको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले स्याफ्रु गाविसको तिवारी खोला नदी किनारामा पदमार्ग बनाउन लागेको हो । यो मार्ग निर्माणसँगै गोसाइँकुण्ड जाने हजारौँ तीर्थयात्री र पर्यटकलाई सहज हुनेछ । 

आयोजनाको कार्यक्रम संयोजक गौतम पौडेलका अनुसार कुण्ड जाँदा उकालो लाग्ने प्रवेशद्वारमै भिर भएको र त्यस भिरबाट हिँड्न असहज भएका कारण नदी किनारको कुनाबाट ग्याबिन तारको जालीमा ढुङ्गा भरी नयाँ पैदलमार्ग निर्माण गर्न लागिएको र हालसम्म ५० प्रतिशत कार्य पूरा भएको छ ।  सो पैदलयात्रा यही महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको छ  ।  
 

तपाईंको बिचार