Thursday, October 19, 2017

समून्द्री सतह बढेपछि ५ ओटा टापुहरु समून्द्रमा बिलाए

प्रकाशित मिति: 2016/05/24

जेठ११ सिड्नी । अस्ट्रेलियन अनुसन्धानकर्ताहरुका अनुसार समून्द्री सतह बढ्न थालेपछि ५ टापूहरु गायब भएका छन् । सोलोमन आर्कि्पिलागोको भूभागमा रहेका ५ वटा टापूहरु समुद्रमा मिसिएका हुन् । 
यहाँ मानिसहरुको बसोबास भने थिएन । ६ वटा टापूहरुमा भने अहिले समूद्री पानी भरिन थालेको छ र त्यहाँको पूरै गाउँ ध्वस्त भएको छ । प्यासाफिक कोस्टलाईनमा जलवायू परिवर्तनका कारण यस्तो घटना घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् । 
यस क्षेत्रमा पछिल्लो दुई दशकयता प्रत्येक वर्ष शुन्य दशलमव ४ इन्चले समून्दी सतह बढ्दै गएको छ । अहिले हराइसकेका टापूहरु कम्तिमा पनि ५ हेक्टरको भूभागमा फैलिउको हुनसक्ने र यस टापूलाई माझीहरुले कहिलेकाँही माछा मार्नका लागि प्रयोग गर्ने गरेपनि त्यहाँ मानिसको बसोबास भने नरहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् । 
अनुसन्धानमा सहभागी सिमोन अल्बर्टका अनुसार त्यो केवल बालुवाको सानो थुप्रैमात्रै नभएर पुरै टापू थियो । त्यस्तै ध्वस्त भएका ६ टापूमध्ये नुवाताम्बू टापू एक हो । त्यहाँ २५ परिवारको बसोबास थियो । समून्द्री पानी बढेपछि यहाँ ११ घर बगेको अनुसन्धान कर्ताहरुले बताएका छन् । 
अनुसन्धानकर्ताहरुका अनुसार टापूहरुको स्थितीका विषयमा यसरी वैज्ञानिक रुपमा गरिएको यो पहिलो खोजी हो । सयौँ टापूहरु मिलेर बनेको सोलोमन आइल्याण्डको जनसंख्या ६ लाख ४० हजार छ ।
 यो अस्ट्रेलियाबाट १ हजार माइल्स पर छ । अहिले यस क्षेत्रमा टापूहरु समूद्रमा मिसिन थालेपछि स्थानियवासीहरु बाध्य भएर खतरायूक्त टापू छाडेर नारारो टापूमा पुगेका छन् ।
 

 

तपाईंको बिचार