Thursday, April 27, 2017  |    

जलवायु अनुकुलन गोष्ठी काठमाडौंमा/नेपालसहित ८ राष्ट्र सहभागि

प्रकाशित मिति: 2016/05/24

जेष्ठ ११, काठमाण्डौ । अन्तर्रा्ष्ट्रिय प्रकृती संरक्षण संघ (आईयूसिएन), दक्षिण एसिया अध्ययन केन्द्र र युरोपेली युनियनको संयुक्त आयोजनामा बिहीबार र शुक्रबार विपद् व्यवस्थापन र जलवायु परिवर्तन अनुुकुलन सम्बन्धि अन्तर्रा्ष्ट्रिय गोष्ठी काठमाण्डौमा हुँदैछ ।

गोष्ठीमा दक्षिण एसियाली मुलुकहरु नेपालसहित भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान, अफगानिस्तान र श्रीलंकाका विशेषज्ञ र पत्रकार सहभागी हुने जानकारी दिईयो ।
युरोपियन युनियनकी राजदूत रेन्जी टेरिकले विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका गम्भीर असर देखा परिरहेका बेला नेपालमा हुन लागेको अन्तर्रा्ष्ट्रिय गोष्ठी आफैंमा महत्वपूर्ण भएको बताइन् ।  
आयोजक संस्था दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक निश्चल पाण्डेले गोष्ठीमा भारत, पाकिस्तान, भुटानलगायतका मुलुकबाट विपद् व्यवस्थापनमा काम गरेका विशेषज्ञ र पत्रकार सहभागी हुने भएकाले यो गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले यो गोष्ठीमा विभिन्न मुलुकमा देखिएका जलवायु परिवर्तनका असर, संभावित जोखिमबारे बहस र छलफल समेत हुने जानकारी दिए । आयोजक आईयूसिएनका प्राविधिक सल्लाहकार डा. याम मल्लले नेपालमै जलवायु परिवर्तनका विविध असर देखा परिरहेका र समस्या भोग्नुपरेका बेला हुन लागेको गोष्ठी उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे ।

 

 

तपाईंको बिचार