Thursday, March 23, 2017  |    

कांग्रेस निकट लोकतान्त्रिक पर्यटन ब्यावसायी संघको बृहत राष्ट्रिय भेला जेठ २८ गते हुँदै

प्रकाशित मिति: 2016/05/24

जेष्ठ ११,काठमाण्डौ । कांग्रेस निकट पर्यटन ब्यावसायीहरुको छाता संगठन नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघको बृहत राष्ट्रिय भेला काठमाण्डौमा  हुने भएको छ । सोमबार बसेको लोकतान्त्रिक पर्यटन ब्यावसायी संघको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

जेष्ठ २८ गते हुने उक्त राष्ट्रिय भेलाको उद्घाटनका लागि कांग्रेस सभापति शेर बहादुर देउवालाई अनुरोध गर्ने पनि संघले जनाएको छ । संघले ६ महिना अघि पनि देउवालाई  निमन्त्रणा गरि संस्था उद्घाटन गरेको थियो । संगठन बिस्तार, सुझाव संकलन र केही महत्वपुर्ण निर्णय गर्नुपर्ने भएकाले भेलाको आयोजना गरिएको संघका अध्यक्ष रामशरण थपलियाले बताउनुभयो । उहाँले भेलाबाट पर्यटन अवधारणा सार्वजनिक गरी पार्टिलाई बुझाउने समेत बताउनुभयो । थपलियाले केही समयभित्रमै नेपाल अधिराज्यभरिमा रहेका पर्यटकीय स्थलहरुमा गई प्रजातान्त्रिक बिचारधारका ब्यावसायीहरुलाई संगठित गरी शाखा बिस्तार गर्ने पनि बताउनुभयो ।
उहाँले यो राष्ट्रिय भेला पर्यटन क्षेत्रका लागि ऐतिहासिक हुने बताउदै सम्पुर्ण पर्यटन क्षेत्रमा आवद्ध प्रजातान्त्रिक बिचारधारका ब्यावसायीहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध समेत गर्नुभएको छ ।
एक अर्को प्रशंगमा थपलियाले निट नेपाल सँगको बार्ताको औचित्य समाप्त भैसकेको सन्दर्भमा केही अनर्गल प्रचार गरि प्रजातान्त्रिक बिचारधारा राख्ने ब्यावसायीहरुलाई फुटाउन खोजेको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको बताउनुभयो ।

 

 

तपाईंको बिचार