Monday, May 1, 2017  |    

रावणको जन्मस्थान नेपालको म्याग्दी जिल्ला

प्रकाशित मिति: 2016/05/26

जेठ १३, म्याग्दी । पदमार्गी पर्यटकहरुको रोजाइमा पर्ने गरेको म्याग्दी जिल्लामा धार्मिक पर्यटनको पनि सम्भावना रहेकोछ । जिल्लाको  बेनी नगरपालिकास्थित ‘पुलस्त्य पुलहाश्रम’ लाई विश्वकै पवित्र तीर्थस्थलका रूपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएको छ ।

विश्वका १५ वटा अति पवित्र तीर्थस्थलमध्ये श्रीमद्भागवत् महापुराणको सप्तम स्कन्दको अध्याय १४ मा ‘पुलस्त्य पुलहाश्रम’ का बारेमा उल्लेख गरिन्छ । विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको विश्वास छ । रावण यहीं स्थानमा हुर्की–बढेको पुराणमा उल्लेख भएको बताइन्छ ।

पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’सँग विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको बुढापाका बताउँछन् । यहाँ रावणको नाभी गाडिएको भनिएको स्थान उनी खेलेको भनिएको ‘राउन्नेको पाटो’ जस्ता स्थान पनि छन् । कुरुक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर तथा सीतारामाश्रम विश्वकै १५ अति पवित्र तीर्थस्थल भएको श्रीमद्भागवत् महापुराणमा उल्लेख छ । 

 

तपाईंको बिचार