Monday, December 18, 2017

ट्रकमा नेपाल बोक्ने नरबहादुर पर्यटन दुत नियुक्त

प्रकाशित मिति: 2016/05/29

जेठ १६, काठमाडौं ।  ट्रकमा नेपाली पर्यटकीय दृश्य राखेर क्यानडादेखि अमेरिकासम्म प्रचार गर्दै हिँड्ने नर बहाुदर टण्डनलाई सरकारले पर्यटनका लागि मानार्थ जनसम्पर्क प्रतिनिधी नियुक्त गरेको छ ।  
नेपाल पर्यटन बोर्डको मे १९ को निर्णय अनुसार उनलाई अमेरीका र क्यानडामा नेपालको पर्यटन पर्वद्र्धनमा सहयोग पु¥याएको भन्दै दुईवर्षका लागि मानार्थ जनसम्पर्क सम्बन्ध प्रतिनिधी नियुक्त गरेको हो ।


नेपालको दाङ्ग घर भई अहिले क्यानडा देखि अमेरीका सम्म ट्रकमा फेवाताल र माछापुच्छ्रे, एकसिंगे गैंडा, पाटेबाघ, प्याराग्लाइडिंग, पदयात्रा, ¥याफ्टिङ र रक क्लाइम्बिङ, जीवित देबी कुमारी, बैद्ध स्तुप, पाटन दरबार र पशुपतिनाथ लगायतका तस्विर राखेर प्रचार गरीरहेका छन् ।
अमेरिका र क्यानडामा गुड्ने २ हजार ९ सय यस्ता भिमकाय ट्रकमध्ये उनको ट्रक सेलिब्रेटी जस्तै छ । सन् २०१२ को जनवरीदेखि अमेरीकाका ४६ र क्यानडाका १० राज्यमा उनले नेपालको पर्यटकिय क्षेत्र र बस्तुको प्रचार गरेको बताए ।
बोर्डले टण्डनबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास राखेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए ।  

जनसम्पर्क प्रतिनिधि भएपछि टण्डनले अव नेपाल पर्यटन बोर्डको लोगो आफ्नो लेटरप्याड र भिजिटिङ्गकार्डमा प्रयोग गरी काम गर्न पाउनेछन् । त्यसका साथै त्यहाँको नेपाली दुतावास, सञ्चारमाध्यम, कुटनीतिक नियोक, पर्यटन व्यवसायी लगायतसंग नेपाल भ्रमणप्रति चाँसो राख्ने पर्यटकको जमघट हुने अन्य संघ संस्थासंग निकट सम्बन्ध राखि काम गर्नुपर्ने हुन्छ । ‘त्यसबाट प्राप्त उपलब्धिको बारेमा नियमित रुपमा नेपाल पर्यटन बोर्डमा रीपोर्टिङ्ग गर्नुपर्ने हुन्छ ।’ बोर्डले दिएको जिम्मेवारीमा उल्लेख छ ।
देशको मायाले गर्दा विदेशमा बसेर पनि आफूले रोजीरोटीका लागि गर्ने कामसंग नछुट्नेगरी देशको पर्यटन प्रचारको काम गरेका उनले यो जिम्मेवारीबाट आफू उत्साहित भएको बताए । अहिलेसम्म व्यक्तिगत रुपमा पर्यटन प्रवद्र्धनको काम गरेको भन्दै उनले अव आधिकारीक रुपमा काम गर्ने र नेपालको पर्यटन प्रवद्र्धनमा बोर्डको अपेक्षा अनुसार प्रतिफल दिने पनि बताए ।
दाङ्गबाट सन २००५ मा अध्ययनका लागि क्यानडा छिरेका टण्डन उतै रोजगारीमा लागे । अहिले क्यानडाको अण्टारीयो प्रान्तको ब्रामटन शहरका स्थायी वासिन्दा समेत भईसकेका टण्डन आफ्नै ट्रक चलाउँछन् । क्यानडा बासी भएपनि देशको मायाले प्रचार अभियानमा लागेका हुन ।
आफ्नै सिर्जनशिलता र लगानीमा नेपालको प्रचारप्रसाद गरेबापत टण्डनलाई क्यानडा र अमेरीकामा रहेको नेपाली दुतावासले सद्भावना दुतका रुपमा काम गर्न सिफारीस गरेको थियो ।

 

 

तपाईंको बिचार