Friday, March 24, 2017  |    

सगरमाथा दिवस मनाइयो

प्रकाशित मिति: 2016/05/29

जेठ १६,काठमाडौं । आज काठमाडौंमा एक कार्यक्रमका माझ ९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । बिहान ठमेलस्थित कर्मचारी संञ्चयकोषको भवनबाट निकालीएको ¥याली नेपाल पर्यटन बोर्डमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा नेपाल  पर्यटन बोर्डका सि ई ओ दिपकराज जोशि तथा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले आफ्ना बिचार ब्यक्त गर्नुभएको थियो ।  साथै दिवसको अवसरमा यो सिजनका प्रथम ९ जना आरोहिहरुलाई ५० हजार नगद सहित सम्मान गरिएको थियो ।  यस बर्ष मात्र झण्डै ४०० जना आरोहिले सगरमाथा आरोहण गरेका छन् ।

 

तपाईंको बिचार