Friday, April 28, 2017  |    

राज्यले बाह्य पर्यटनलाई आत्मसाथ गर्न सक्नुपर्छ :गणेश सिंखडा बरिष्ठ पर्यटन ब्यावसायी

प्रकाशित मिति: 2016/05/29

जेष्ठ १६,काठमाण्डौ । गणेश सिंखडा पर्यटन क्षेत्रमा स्थापित नाम हो । नेपाल पर्यटन ब्यावसायी मञ्चका अध्यक्ष, पर्यटन बिभाग (माओवादी केन्द्र) को सदस्य तथा नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रिय कोशाध्यक्ष समेत रहेका बरिष्ठ पर्यटन ब्यावसायी सिंखडा राजनीति र पर्यटनमा एकसाथ स्थापित भएका छन ।  सुरुवाती दिनमा सन १९९२ ताका ‘ द इन्भाईरोनमेन्टल ट्रेकिङबाट पर्यटनमा औपचारिक रुपमा प्रवेश गरेका सिंखडाको   ठमेलमा आफ्नो एकल लगानिमा स्थापित ‘द एभरेष्ट होलिडे’ ट्राभल र ट्रेकिङको क्षेत्रमा निकै लोकप्रिय छ । पर्यटन आधुनिक प्रबिधि र संस्कृतिको प्रसारले मात्र सफल हुने मान्यता राख्ने सिंखडासँग हाल कार्यकारी निर्देशक श्रृजन सिंखडा सहितको आधुनिक प्रबिधिसँग आत्मसाथ भएका ब्यक्तिहरुको टिम रहेको छ ।

प्रष्ट छ, आजको दिनमा ठमेलमा जतिपनि ट्राभल एण्ड ट्रेकिङको भिड छ , त्यसमा अधिकतर स्वदेशी पर्यटकीय स्थलहरुको भ्रमण केन्द्रित भएर खोलिएका छन । यही बिचमा सिंखडाको सोच भने अलिक भिन्न छ । पर्यटन देशको ऐना भएका कारण पर्यटन बिदेशी पर्यटक नेपाल आउने स्थिीती मात्र नभई नेपालीहरु पनि बिदेशका बिभिन्न ठाँउमा घुम्न जाने संस्कृतिको बिकाश हुदै गइरहेको पछिल्लो पृष्ठभुमिमा आफुले यसलाई उजागर गर्ने कोशिश गरेका बताउँछन । यही सिलसिलामा सुरुवाती दिनमा युरोपका पाँच मुलक फ्रान्स, स्वीट्जरलैण्ड, इटाली, नेदरल्याण्ड्स र बेल्जीयमका साथै एसीयाका थाईलैण्ड, सिंगापुर लगायतका मुलुकलाई पर्यटकीय गन्तब्यका रुपमा छनौट गरी नेपाली पर्यटकहरुलाई सहज घुम्ने स्थिीतीको निर्माणमा सिंखडा लागिपरेका छन । बर्षभरिमा जुन देखी अक्टोबरसम्मका भिजिट सेड्युल प्रकाशित गरी पर्यटनमा खटिएका सिंखडा पर्यटनलाई प्रबिधीले सिंगार्नुपर्ने बताउँछन । 

यसअघि नेपाल टुरिजम बोर्डका सञ्चालक समिति सदस्य र राष्ट्रिय पर्वतारोहण संघका महासचिव समेत रहिसकेका सिंखडा आजको दिनमा पर्यटनको बिस्तारको मुद्धा कुनै एकल ब्यक्तिको निर्णयमा अल्झिन नहुने बताउँछन । पछिल्लो समय आन्तरीक तथा बाह्रय पर्यटनमा देशभित्रकै नागरिकहरुमा उत्साह थपिदै गएको भएपनि राज्य र पर्यटनमा आवद्ध ब्यावसायी समेतले त्यसलाई सही रुपमा सम्बोधन गर्न नसकेको उनको ठहर छ । पर्यटनलाई सदैव प्रर्दशन गर्नुपर्ने बताउने सिंखडा यसका लागि नेपाल आउने पर्यटकहरुलाई गुणस्तरीय सेवा, निरन्तर उनीहरुको अग्रस्थानमा रहँदैं भावनाको कदर गर्ने शैली र शिप बिकाशका साथै यसमा सञ्चार माध्यमको समेत बिशेष भुमिका हुनुपर्नेमा उनको जोड छ ।

मनोरञ्जनकै लागि काठमाण्डौका तारे होटलहरुमा बसेर मदिरामा पैसा खर्च गर्नेहरुको जमात बढिरहेको आजका दिनमा ति ब्याक्तिहरुलाई सही मार्गनिर्देश गर्न सकिएमा बाह्य पर्यटनमा समेत सामेल गराउन सकिने उनको बुझाई छ । अर्को तर्फ घुमफिरबाटै बाहिरी बिश्वको संस्कृति बुझ्ने भएका कारण प्रत्येक बर्ष ५० हजारभन्दा बढि नेपाली बिद्यार्थीहरु अध्ययनका लागि बिदेशिने आजको स्थीतीमा कम्तिमा नेपालको पर्यटनको बारेमा सुसुचित गराएर मात्रै पठाउने हो भने पनि उनीहरुकै माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा बिशेष सहयोग पुग्ने उनको बझाई छ । यसर्थ पर्यटन बिदेशी नेपाल आउने स्थिीतिलाईमात्र नबुझी नेपाली हरु पनि बिदेश घुम्ने स्थिीतीको निर्माणमा जोड दिनुका साथै राज्यका तर्फबाट बिदेशका पत्रकारहरुलाई नेपाल ल्याउने र नेपालका पत्रकारहरुलाई बिदेश भ्रमण गराएर यसबिचमा रहेका बिबिधता,संभावनाको खोजी र प्रचार गरिनुपर्नेमा उनको. जोड छ ।

 

तपाईंको बिचार