Friday, April 28, 2017  |    

चीनीयाँ आरोहि वाङ्ग जिङ्गको “साइलेन्स अफ दि समिट” पुस्तक सार्वजनिक

प्रकाशित मिति: 2016/05/30

सागर चन्द

जेठ १७,काठमाडौं । हिमाल आरोहणमा पोख्त चीनीयाँ नागरीक वाङ्ग जिङ्गको संस्मरण कृती “साइलेन्स अफ दि समिट” आज काठमाडौंमा विमोचन गरिएको छ । बालुवाटारमा आयोजीत विमोचन  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहि वाङ्गको परिश्रमको प्रशंसा गर्दे हिमालले नेपाल र चीन बिच सेतुको भुमिका निभाएको बताएका छन् ।   सन् २००९, २०१२ र २०१४ मा गरि तीन पटक सगरमाथाको सफल आरोहण गरेकि वाङ्गले विश्वका सबै महादेशका अग्ला हिमालहरु आरोहण गरिसकेकि छिन् । वाङ्गले हिमाल आरोहणको काम हिम्मत र बहादुरीको काम भएको बताइन् । सगरमाथा आरोहण शेर्पाहरुको सहयोग र साथ बिना असम्भव हुने भन्दै उनले सम्पूर्ण शेर्पा सहयोगिलाइ धन्यवाद व्यत्त गरिन्  ।  
कार्यक्रममा चीनीयाँ राजदुत हु चुन ताइ, नेपाल पर्यटन बोर्डका  कार्यकारी अधिकृत दिपकराज जोशि तथा एभरेष्ट फ्युचर फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाको उपस्थिती रहेको थियो ।     
 

 

तपाईंको बिचार