Monday, May 1, 2017  |    

नेपालमा हिमाली खेलकुदको सम्भावना छ ?

प्रकाशित मिति: 2016/05/30

सागर चन्द
जेठ १७,काठमाडौं । हिमाली पर्यटन नेपालको पर्यटन उद्योगको मूख्य आधारको रुपमा परिचित छ । नेपालमा प्रसस्तै हिमालहरु छन् सरकारले हिमाल आरोहणबाट मात्रै बर्षेनी कराडौं रावस्व उठाउने गरेको छ । पछिल्लो समयमा हिमालका बहुआयामिक पक्षहरुको खोजिमा व्यवसायी लागेका छन् ।

हिमाल आरेहणबाट मात्रै सन्तुष्ट रहन नसकिने अवस्थामा व्यवसायी पुगेका छन् । भूकम्प, नाकाबन्दि लगाएतका विभिन्न कारणले रोकिएको हिमाल आरोहण यो वर्ष सफल भएको छ । सरकारले वर्ष २०७३ लाई “आन्तरिक भ्रमण बर्ष” मनाउने घोषणा गरेको छ । भने सन् २०१८मा १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ “नेपाल भ्रमण वर्ष” घोषणा गरेको छ । यस्ता लक्ष्यहरु पुरा गर्नको लागि सरकारसंग   ठोस योजना नभएको व्यवसायीको आरेप रहेको छ ।

विश्व पर्यटन बजारको ध्यान नेपालतर्फ आर्कषित गर्नका खातिर नेपाली पर्यटन व्यवसायी आफ्नो तर्फबाट प्रयासरत छन् । सरकारले प्रस्तुत गरेका योजाहरु पुरा गर्नको लागि हिमालको उचित सदुपयोग गर्नुपर्ने अवस्था आइसकेको छ । नेपालमा हिमाल आरोहणमात्रै गर्ने गरिन्छ  । तर अरु मुल्ुकहरुमा पर्यटकको आर्कषण बढाउन हिमालमा विभिन्न प्रकारका खेलहरु पनि खेलाइन्छ ।

नेपालमा पनि हिमाली खेलकुदको प्रचुर संभावना रहेको बताउछिन् नेपाल वुमेन माउन्टेनरिङ्ग एशोसिएशनकि अध्यक्ष लाक्पा फुटि शेर्पा । नेपाल माउन्टेन एकेडेमिमा सि इ ओ समेत रहेकि शेर्पा भन्छिन “हिमाली पर्यटनलाई बिस्तार गर्नको लागि हिमाल सम्बन्धि औपचारिक शिक्षाको आवश्यकता रहेको छ ।” शेर्पाका अनुसार एकेडेमिले त्रिभुवन विश्वविद्यालमा ब्याच्लर इन माउन्टेन कोर्ष अध्यन प्रारम्भ गरिसकेको छ । अब हिमालको बारेमा औपचारिक तहमै अध्यन थालिनु राम्रो प्रयास हो ।


“अब छिटै नै नेपालमा हिमाली खेलकुद अन्र्तगत स्ेकेटिङ्ग सञ्चालन गर्दै छौ ।” शेर्पाले भनिन् । नेपालमा स्केटिङ्गको सुरुवात गर्न सकिन्छ तर    यसका लागि नेपाल सरकार तथा व्यवसायीहरु प्रतिबद्ध हुनुपर्ने  शेर्पाको धारणा छ । एदाकदा हिमालमा म्यारथुन लगाएतका प्रतियोगिता हुने गरेपनि पर्याप्त नभएको उनको ठम्याइ छ ।    


शेर्पाका अनुसार फ्रान्स र स्विजरल्याण्डको सहयोगमा जोमसोम, मुत्तिनाथ, सोलुखुम्बु र खप्तडमा स्केटिङ्ग सञ्चालनको लागि अध्यन सुरुगरिसकिएको  छ । छिटै ति क्षेत्रमा स्केटिङ्ग सञ्चालन गरिने जानकारि शेर्पाले दिइन् । “स्केटिङ्गको सुरुवातले हिमाली खेलकुदमा रुचि राख्ने पर्यटकको संख्यमा बृद्धि हुन्छ ।” शेर्पाले भनिन् ।

हिमालमा स्केटिङ्गमात्र नभइ अरु खेलहरुको पनि सम्भावना अध्यन गर्नेपर्ने खाँचो औल्याउछन् व्यवसायीहरु ।
      

 

तपाईंको बिचार