Thursday, March 30, 2017  |    

टान लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन भब्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2016/05/30

जेठ १७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ३८ औ स्थापना दिवसका अवसरमा ‘प्रथम टान लाङटाङ– गोसाइकुण्ड हाफ म्याराथन’ आईतबार सम्पन्न भएको छ । 

‘टान विथ द डेस्टिीनेसन कम्युनिटी– लाङटाङ फाइट ब्याक’ को नारासहित आयोजना गरिएको उक्त म्यारथनमा १ सय १ जना खेलाडिहरु सहभागि थिए । म्याराथन रसुवाको गोसाईकुण्डबाट सुरु भएर धुन्चेमा पुगेर समापन भएको थियो । 
बिशेषतः गत बैशाख १२ गते गएको महाबिनासकारी भुकम्पपछि सुस्त बनेको पर्यटन क्षेत्र साथै त्यसले लाङटाङमा पुर्याएको क्षति समेत बिर्सिएर पुनः पर्यटनका लागि लाङटाङ तयार छ भन्नका लागि म्याराथनको आयोजना गरिएको म्याराथन संयोजक तथा टानका द्धितिय उपाध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । म्याराथन आयोजनाले आगामि दिनमा लाङटाङलाई बिशेषतः पर्यटन प्रोडक्टका रुपमा बिकाश गर्नुका साथै लाङटाङको महत्वलाई स्वदेशी तथा बिदेशी पर्यटकहरुमाझ अझ उजागर गर्न मदत पुर्याउने संयोजक सापकोटाको भनाइ छ ।   
 
  

तपाईंको बिचार