Monday, July 24, 2017  |    

चीनीयाँ आरोही वाङ्ग जिङ्गलाई पर्यटन बोर्डको सम्मान

प्रकाशित मिति: 2016/05/30

जेठ १७, काठमाडौं । नेपाल पर्यटन बोर्डले हिमाल आरोहणमा पोख्त चीनीयाँ नागरीक वाङ्ग जिङ्गलाई आज सम्मान गरेको छ । नेपाल पर्यटन बोर्डमा भएको उक्त सम्मान कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, संस्कृति, पर्यटन तथा नागरीक उडड्यनका सचिव प्रेमकुमार राईले संयुक्त रुपमा वाङ्गलाई सम्मान तथा बधाई ज्ञापन गरेका थिए । 
वाङ्ग सगरमाथा क्षेत्रको बिकाशका लागि फुय्चर अफ माउन्टेन नामक संस्था मार्फत यस क्षेत्रको बिकाशमा समर्पित हुँदै आएकी छन । 
यसैबिच आजै बिहान वाङ्गको संस्मरण कृती “साइलेन्स अफ दि समिट” काठमाडौंमा विमोचन गरिएको थियो । बालुवाटारमा आयोजीत विमोचन  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहि वाङ्गको परिश्रमको प्रशंसा गर्दै हिमालले नेपाल र चीन बिच सेतुको भुमिका निभाएको बताएका थिए । सन् २००९, २०१२ र २०१४ मा गरि तीन पटक सगरमाथाको सफल आरोहण गरेकी वाङ्गले विश्वका सबै महादेशका अग्ला हिमालहरु आरोहण गरिसकेकी छिन् । साहसिक पर्यटनमा बिशेष रुची भएकी वाङ्ग यसअघि सगरमाथाको आरोहण प्रतिकुल बनेको स्थिीतीमा पनि यस क्षेत्रको बिकाश र बिस्तारका लागि सगरमाथाको सफल आरोहण गरेकी थिइन । वाङ्गको यही लगावलाई सम्मान भाव प्रकट गर्दै गन्तब्य नेपालका तर्फबाट अध्यक्ष शिव अधिकारीले पनि अन्तर्राष्ट्रिय पर्वतारोही अर्वाड २०१४ बाट सम्मान गरेका थिए ।

तपाईंको बिचार