Wednesday, June 28, 2017  |    

शुक्लाफाँटाका बाह्रसिंगा बर्दिया स्थानान्तरण गरिदै

प्रकाशित मिति: 2016/05/31

जेठ १८,कञ्चनपुर ।  शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाह्रसिंगा स्थानान्तरणको काम सुरु भएको छ । आइतबारदेखि प्राविधिकसहितको टोलीले शुक्लाफाँटा बाट बर्दिया निकुञ्ज सारिने बाह्रसिंगा नियन्त्रणमा लिन सुरु गरेको हो ।  
यो वर्ष पहिलो चरणमा बर्दिया निकुञ्जमा ५ भाले र ५ पोथीसहित १० वटा स्थानान्तरण गरिने आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।  
बाह्रसिंगा समात्नका लागि ६ हात्ती सँगै आरक्ष प्रशासन र राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन निकुञ्ज र वन्यजन्तु विभागका गरी ४० जना प्राविधिक खटिएका छन् ।  
 आरक्षको कुल क्षेत्रफल ३ सय ५ मध्ये ५४ वर्ग्किलोमिटरमा शुक्लाफाँटा घाँसे मैदान फैलिएको छ ।यो मैदान बाह्रसिंगाको मुख्य वासस्थान हो । गत वर्ष गरिएको गणनाअनुसार २ हजार ३ सयभन्दा बढी बाह्रसिंगा छन् । चितवनमा चोरीसिकार तथा मानवीय क्रियाकलापले बाह्रसिंगा १९६० को दशकमा लोप भएका थिए । बर्दियामा १९७६ मा १५ वटा स्थानान्तरण गरिएका थिए । ५ वर्षअघिको गणनामा १ सय ५ मात्र पुगेको छ ।

 

 

 

 

तपाईंको बिचार