Monday, October 23, 2017

लाङटाङ गोसाइँकुण्ड हाफ म्याराथनमा सेनाका भरत खत्री विजयी

प्रकाशित मिति: 2016/05/31

१८ जेठ, काठमाडौं ।  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको प्रथम टान लाङटाङ गोसाइँकुण्ड हाफ म्याराथनको कार्यक्रम सम्पन्न भएको छ । आफ्नो ३८ औं  स्थापना दिवस तथा सगरमाथा दिवसको अवसर पारेर गत आइतबार सम्पन्न भएको म्याराथनको उपाधि नेपाली सेनाका धावक भरत खत्रीले जितेका छन् ।
म्याराथन खत्रीले १ घण्टा २२ मिनेट ५५ सेकेन्डमा निर्धा्रित दूरी पूरा गर्दै प्रथम उपाधिसहित ५० हजार नगद पुरस्कार जितेका हुन् । म्याराथनमा सेनाकै होमलाल श्रेष्ठले १ घण्टा २३ मिनेट ३५ सेकेन्डमा निर्धा्रित दूरी पूरा गर्दै दोस्रो स्थान र जुम्लाका गोविन्द प्रसाद अधिकारीले १ घण्टा २३ मिनेट ४६ सेकेण्डमा निर्धा्रित दूरी पूरा गरी तेस्रो स्थान ओगटेका छन् ।  दोस्रो र तेस्रो हुनेले क्रमसः ३० हजार र २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे ।
समुद्र सहतदेखि ४,३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डबाट सुरु भएको हाफ म्याराथन  लौरीविना, चोलाङपाटी, चन्दनबारी, देउराली हुदै रसुवाको सदरमुकाम धुन्चेमा गएर समापन भएको थियो ।
यसै गरी म्याराथनमा महिला तर्फ २३ जना धावकहरुको स्पर्धामा प्रथम उपाधि रसुवाकी फूलमाया स्याँग्बाले हात पारिन् । उनले २ घन्टा ७ मिनेट ३६ सेकेन्डमा निर्धा्रित दूरी पारगरी प्रथम स्थान हात पारेकी हुन् । सिन्धुपाल्चोककी  कमला तामाङले २ घन्टा १८ मिनेट ५३ सेकेन्डमा पार गरि दोस्रो स्थान र बिन्दा विकले २ घन्टा २२ मिनेट १७ सेकेन्डमा निर्धा्रित दूरी पुरा गरि तेस्रो स्थान लिन सफल भइन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशस् ५०, ३० र २०  हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।   

 

तपाईंको बिचार