Monday, May 22, 2017  |    

मनसरोवर जाने भारतीय नागरीकलाइ सचेत हुन भारतको आग्रह

प्रकाशित मिति: 2016/06/02

जेष्ठ २०,काठमाडौं ।  भारतले पश्चिम नेपाल भएर कैलाश मानसरोवर यात्रामा निस्कने आफ्ना नागरिकका लागि सचेत रहन भन्दै यात्रा सुझाव (ट्राभल एडभाइजरी) जारी गरेको छ । मौसममा सुधार हुन अझै समय लाग्ने र त्यहाँ उद्धारका लागि समस्या रहेको भन्दै यस्तो सुझाव दिएको हो ।

नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय तीर्थालुलाई लक्षित गरेर लैनचौरस्थित भारतीय दूतावासले एडभाइजरी जारी गरेको हो ।
दूतावासले ठूलो संख्यामा कैलाश यात्रामा निस्किएका यात्रुले सिमकोट र हिल्सामा खानबस्न समस्या बेहोर्नु परेको उल्लेख गरेको छ । पछिल्लो समय छिनछिनमा फेरिने मौसमले हिल्सा–सिमकोटको हेलिकप्टर यात्रा तथा सिमकोट–नेपालगन्ज हवाई यात्रासमेत प्रभावित भएको पनि दूतावासले उल्लेख गरेको छ ।

 

तपाईंको बिचार