Friday, August 18, 2017  |    

सुनसान बन्दै सगरमाथा आधार शिविर

प्रकाशित मिति: 2016/06/02

जेठ २०, सोलुखुम्बु ।  हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजारौं आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर आजभोली सुनसान भएकाने छ  ।    
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो ।

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने १२ जना कर्मचारी मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिए ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १६ (मे २९) भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १९ गते (जुन १) भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियम छ । धेरैजसो आरोही जेठको १४÷१५ गते नै फर्किएका थिए । “सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढन जाने बसुँबसँुजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो” कार्यक्रम संयोजक राईले भने ।

आधार शिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधार शिविर पूर्णरुपमा शून्यतामा परिणत हुनेछ र त्यस आसपासका प्रायजसो होटलसमेत अबको तीन महिनाका लागि बन्द हुन्छन् ।  

तपाईंको बिचार