Wednesday, August 23, 2017

सगरमाथा आधारशिविरमा ४ टन मल मुत्र

प्रकाशित मिति: 2016/06/02

जेठ२०, काठमाडौं । सगरमाथा आरोहणको सिजन सकिएसंगै  आरोहि दलको मल मुत्र संकलन गर्न थालिएको छ । संकलित दिसापिसाव लवुचेमा व्यवस्थपान गर्न थालिएको छ । यस वर्षको सगरमाथा आरोहण समाप्त भएसँगै सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसीसी)ले खटाएका फोहोर व्यवस्थापकहरु सगरमाथा आधारशिविरमा संकलन भएको दिसापिसाव सुरक्षित स्थानमा ओसारेर व्यवस्थापन गर्न व्यस्त हुन थालेका छन् ।

एसपिसिसीले सगरमाथा आधारशिविरमा जम्मा भएको दिसापिसाव लवुजेको पाखामा ल्याएर सुरक्षित तथा हिउँ नपग्लिने ठाउँमा गाड्न थालिएको एसपीसीसीले जनाएको छ ।

एसपिसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाका अनुसार यस वर्षको सगरमाथा आरोहणको समयमा अनुमानित ४ टन दिसा पिसाव जम्मा भएको छ । जम्मा भएको फोहोर व्यवस्थापनका लागि फोहोर व्यावथापक तथा संकलकहरु व्यस्त रहेको भएपनि फोहोरको मात्रा धेरै भएकोले अझै समय लाग्ने उपाध्यक्ष शेर्पाले बताए ।

यस वर्षको सगरमाथा आरोहण समाप्त भएसँगै एसपिसीसीले खटाएका फोहोर व्यवस्थापकहरु सगरमाथा आधारशिविरमा संकलन भएको दिसापिसाव सुरक्षित स्थानमा ओसारेर व्यवस्थापन गर्न व्यस्त हुन थालेका छन् । एसपिसिसीले सगरमाथा आधारशिविरमा जम्मा भएको दिसापिसाव लवुजेको पाखामा ल्याएर सुरक्षित तथा हिउँ नपग्लिने ठाउमा गाड्न थालिएको एसपीसीसीले जनाएको छ ।

सगरमाथा आधार शिविर फोहोर भएमा वातावरिणय प्रदुषण हुने भएकोले सगरमाथा आधारशिविरमा पिसाव समेत बाहिर जथाभावि गर्न पाईन्दैन । नेपालको नदि तथा पानीको मुख्य स्रोत नै हिउँ भएकोले सगरमाथा आधारशिविरमा खुल्ला ठाउँमा दिसा पिसाव गरेमा पानीको स्रोत नै फोहोर हुने भएकोले दिसा पिसाव ड्रममा गर्ने व्यवस्था गरिएको एसपिसीसीका उपाध्यक्ष शेर्पाले बताए ।

सगरमाथा आधारशिविरमा पुग्ने जोकोहीले पनि खुल्ला ठाउँमा दिसा पिसाव गरेमा हिउसँगै पग्लीएर पानी भई बग्ने र त्यहि पानी तल्लो क्षेत्रका बासिन्दाले खाने भएकोले वातावरणिय सरसफाईलाई ध्यान दिई दिसापिसाव जम्मा गर्ने गरेको हो ।
 

तपाईंको बिचार