Friday, October 20, 2017

हिमाल आरोहणमा गएका पर्यटक सम्र्पकविहीन

प्रकाशित मिति: 2016/06/04
जेठ २२, पोखरा । धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्र्पकविहीन भएका छन् । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् । चार जना जोर्डन र अमेरिकनसँगै आरोहणका लागि धौलागिरि आधार शिविर पुगेका विलसन जेठ ४ गतेदेखि सम्पर्कमा छैनन् । ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरेर खोजी गरे पनि फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । उनीसँगै गएका जोर्डन र अमेरिकाका नागरिक आरोहण गर्न नसकेर फर्किए पनि उनी एक्लै आधार शिविरमा बसेका थिए । मे १७ तारिखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनी त्यसयता सम्पर्कमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।

तपाईंको बिचार