Saturday, June 24, 2017  |    

नाम्जेमा आत्मा बस्ने घर हेर्नेको घुइचो

प्रकाशित मिति: 2016/06/04

जेठ २२, काठमाडौं ।  धनकुटाको भेडेटारस्थित नाम्जेमा ५ वर्ष अघि निर्मित सामूहिक चिहान (आत्मा बस्ने घर) अवलोकनकालागि आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लाग्न थालेको छ । 

पर्यटन प्रबर्धनकै लागि भन्दै स्थानीय मगरहरुले आफ्ना पूर्खाका १ सय १३ बटा चिहान भत्काएर थुम्की डाडामा एकत्रीत गरि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो । सन् २०११ को डिसेम्बरमा अमेरिकी समाचार संस्था सीएनएनले विश्वका पुग्नैपर्ने उत्कृष्ट १२ गन्तव्यअन्तर्गत नाम्जे गाउँको नाम सार्वजनिक गरेपछि एकाएक नाम्जे चर्चामा आएको हो।
नाम्जेस्थित पूर्खाहरुको संझना र सम्मानमा बनाइएको ‘आत्माघर’ भित्र गाडिएको अस्थिपञ्जरको थुप्रो माथि राखिएको ऐना हेरे मृतकहरुको आत्मा देखेको अनुभुति हुने जनविश्वास रहेको छ ।

नेपालसहित विभिन्न १७ वटा मुलुकका ईन्जिनियर र आर्किटेक्टले ५ बर्ष अघि सो सामुहिक चिहान निर्माण गरेका हुन् ।
 

तपाईंको बिचार