Monday, April 24, 2017  |    

सगरमाथा क्षेत्रको इम्जा ताल फु्ट्ने खतरा

प्रकाशित मिति: 2016/06/04

जेठ२२, काठमाडौँ । सगरमाथा नजिक रहेको इम्जा ताल फुट्न सक्ने खतरा बढेको विज्ञहरुले बताएका छन् ।  गत वर्ष गएको बिनास्कारी भूकम्पपछि यो ताल फुट्न सक्ने खतरा अत्याधिक बढेको हो । समून्द्री सतहबाट झन्डै ५ हजार मिटर उचाइँमा रहेको यो ताल फुट्न सक्ने खतरा यसअघि वैज्ञानिकहरुले औल्याएका थिए । 
  खतरा बढेपछि  नेपाली सेनाले यस तालबाट पानी निकाल्ने काम थालेको छ ।  अत्याधिक उचाईका कारण यो क्षेत्र निकै चिसो हुने भएकोले यस क्षेत्रको तालमा ‘ड्रेन’ गरेर पानी निकाल्नु निकै चुनौतीपूर्ण रहेको सेनाले बताएको छ ।  
जाडो निकै बढेका कारण काममा खटिएका नेपाली सेनाहरु बिरामी भएको बिबिसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ । लेफ्टिनेन्ट कर्णेल भरतलाल श्रेष्ठलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम बिबिसीले ४० जना आर्मीका कर्मचारीले स्थानिय समूदाय तथा शेर्पासँगको सहकार्यमा काम भइरहेको उल्लेख गरेको छ ।

यस क्षेत्रमा ४५ दिनभित्र पानीलाई तालबाट बाहिर पठाउने लक्ष्य आर्मीले राखेको छ ।‘हामीले दैनिक २ देखी ३ घण्टासम्म मात्रै काम गर्न पाउँछौ । हिउँका कारण मौसम चिसो छ र हुरी तथा तुसारोले तुवाँलोले थप समस्या निम्त्याएको छ,’ श्रेष्ठले भनेका छन् ‘हाम्रो टिमका सदस्यहरु बिरामी भइरहेका छन् ।
नेपालका दुई हजार तीन सय १५ हिमतालमध्ये २१ वटा खतराको सूचीमा छन्। इसिमोडका अनुसार यीमध्ये च्छो रोल्पा, तल्लो वरुण, इम्जा च्छो, लुमदिङ, पश्चिम चमजाङर ठूलागी भने विस्फोटको उच्च जोखिममा छन्। यस्तै मध्यम जोखिममा रहेका तालमा नगमा, गुङ्गु, टाम पोखरी र कोवुद ०२२९ छन्। यसैगरी पूर्वी हुङ्गु २, गाकल ००२२, कोटमा ०१९१, कोटम ०१११, गाकल ०००८, गाकल ०००४, कोवुद ०२३८, कोवुद ०२२०, गवुद ००९ र कौरु ००१६ हिमताल पनि खतरा सूचीमा छन्। 
  

तपाईंको बिचार