Friday, August 18, 2017  |    

जलवायुपरिवर्तनको प्रभाव यार्सागुम्बामा

प्रकाशित मिति: 2016/06/05

जेठ २३, डोल्पा । डोल्पामा बड्दो खडेरीको प्रभाब हिमाली यार्सागुम्बामा परेको छ ।  खडेरीले नदी–नालामात्रै सुकेकाछैनन् यिनका मुहानको रुपमा रहेका हिमालकै मुल पनि सुक्न थालेका छन् ।   

खडेरी बढ्दै गएपछि डोल्पाको भोक्पा, भाङ्का, सागबारी लगायतका यार्सागुम्बा पाटनमा रहेका खोलाहरुमा पानीको सतह घट्दै गउको छ । त्यस्तै माझफाल गाविसमापर्ने रुपपानी,साईक्वारी,पोखेपानी लगायतका यार्सापाटनहरुमा पनि खोलाहरु सुकेपछि खानेपानीको समस्या भएको स्थानीयले बताएका छन्  
 
हिमालकै खोला सुक्न थालेपछि त्रिपुराकोट, सुँ, पहाडा लगाएतका गाविसमा पर्ने गल्लीखोला, छलखोला, खोर खोला, भेरी खोला लगायतका नदीहरुमा पनि पनीकोसतह घट्दै गएको छ ।    
नदिहरुमा पानी औषतभन्दा धेरै सुकेपछि खानेपानी तथा सिचाइँको समेत समस्या भएको त्रिपुराकोटका स्थानीयले बताए ।

जिल्लाका बिभिन्न यार्सागुम्बा पाटनमा रहेका स—साना ताल तलैयाहरुपनि सुक्न थालेका छन् ।  पहिले टिलपिल देखिने पोखरीहरु यस पटक सुख्खा देखिन्छन् ।

अहिले अधिकाशं पाटनमा हिँउ पनि छैन् हिँउ गत  गतवर्ष सेताम्य देखिने हिमालहरुमा अहिले काला पत्थरमात्र देखिन्छन् । 
 यार्सागुम्बालाई अत्याधिक चिसो वातावरण चाहिने भएकाले समयमै हिँउ, पानी नपरेपछि तापक्रममा समेत बृद्धिहुँदै जानथालेकोले विगतका तुलनामा यार्सा पनि कम पाइएको यार्सा संकलकहरुले गुनासो गरिरहेका छन् ।

जलवायु परिवर्तनको असर विगतका बर्षदेखि डोल्पाका हिमाली पाटनमा धेरै देखिएको छ । हिमालमै हिँउ नभएपछि यार्सागुम्बा बर्षेनी लोपहुँदै छ भने भएको अधिकांश गुणस्तरहीन हुने गरेको स्थानियहरुले बताएका छन् ।

हिमाली पाटनमै खानेपानीको समस्या पर्न थालेपछि यार्सागुम्बा संकलकहरु पनि धमाधम घर फर्कन थालेका छन् ।

नदीहरुमा पानी सुक्दै गएपछि स्थानीय लघु जलबिद्युतहरुमा पनि बिद्युत क्षमता घट्दै गएका छन् भने पानी घट्टहरु पनि बन्द भएका छन् । जसले कुटानी पिसानीगर्न रातारात अर्को गाविसमा जानुपर्ने बाध्यता रहेको छ ।
 

तपाईंको बिचार