Wednesday, April 26, 2017  |    

अतिक्रमणको मारमा जनकपुरका ताल

प्रकाशित मिति: 2016/06/05

जेठ २३,जनकपुर । जनकपुरका तालहरु लोप हुने खतरा बढ्दै गएको छ । तालको जमिन मिचेर घरहरु बन्न थालेपछि तालहरुकको अस्तित्व संकटमा पर्दै गएको हो । जनकपुर गुठी संस्थानको तैनाथी जग्गामा अवस्थित ताल÷पोखरीमध्ये जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरी र पापमोचनी सर पुरिएर त्यहाँ निजी संरचना बनिसकेका छन् । २०६७ सालमा गुठी संस्थान जनकपुर संग ४९ ओटा तालहरुको स्वामित्व रहेको तथ्याङक थियो भने अहिले ४४ ओटा मात्र लतालहरु रहेका छन् । जनकपुर–१, वकिल टोलमा रहेको जनक सरोवरमा अञ्जनीकुमार सिंहले निजी घर बनाएका छन् । उक्त तलाउको केही जग्गा सडकमा परेको छ भने बाँकीमा सिंहले घेरा हालेर फराकिलो कम्पाउन्डसहित घर निर्माण गरी बसेका छन् । उनी २०२५ सालमा मासिक ५१ रुपैयाँ तिर्नेगरी उक्त तलाउ भएको जग्गा आफूले मनखपमा लिएको बताउँछन् लोप भइसकेका कुन ताल÷पोखरी कहाँ थिए भन्नेसम्म जानकारी गुठी कार्यालयका कर्मचारीसँग छैन । २०६३ सालमा मन्त्रिपरिषद्ले जनकपुर गुठी मातहतका जग्गा तथा पोखरी÷तलाउको अवस्था अध्ययन गर्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा आयोग गठन गरेको थियो । आयोगले एक–एक गरी गुठीका सम्पूर्ण जग्गाको प्रतिवेदन तयार गरी सरकारलाई बुझाए पनि अतिक्रमण नियन्त्रणको प्रयास सुरु भएको छैन । भोजराज प्रतिवेदनकै आधारमा वर्ष दिनअघि परिषद् अध्यक्ष एंव तत्कालीन एमाओवादी नेता रामकुमार शर्माले आफ्नै सक्रियतामा आधा दर्जन ऐतिहासिक महत्वका पोखरीको अतिक्रमित डिल खाली गराएका थिए । जानकी मन्दिरअघिको तेलदिर्घिका र मडहा सागरको अतिक्रमित डिल खाली गराएर सुरु गरिएको अभियान रामसागर र महाराज सागरसम्म चल्यो । तर, दुई साता नबित्दै अभियान रोकियो । यो अभियान कसको दबावमा रोकियो भन्ने जानकारी दिइएन । अतिक्रमण गरी बनाइएका संरचना भत्काइए पनि अहिलेसम्म व्यवस्थित गर्न सकिएको छैन । गुठी कार्यालयमा ऐतिहासिक तथा धार्मिक महवका पोखरीको तथ्यांक खोज्दा अतिक्रमणमा परेका पोखरीको नाम भेटिएन । ’हामीसँग जम्मा ४४ वटा पोखरीको नाम छ । अरु, थाहा भएन,’ जनकपुर गुठीका वरिष्ठ सहायक सुवेदीले भने । ’केही वर्ष अघिसम्म ५५ भन्दा बढी पोखरी गुठीअन्तर्गत थिए’ जनकपुर गुठीका पुराना एक कार्यालय सहयोगीले भने ।

तपाईंको बिचार