Monday, August 21, 2017  |    

होटल संघ नेपालले त्रिभुवन विमानस्थलमा बगैंचा निर्माण गर्ने

प्रकाशित मिति: 2016/06/05

जेठ २३, काठमाडौं ।  होटल संघ नेपाल (हान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धारमा सुन्दर बगैंचा निर्माण गर्ने भएको छ ।  हानले आफ्नो पचासौं वर्ष गाँठको अवसर पारेर १० लाख भन्दा बढी लगानीमा बगैंचा बनाउन लागेको हो । नेपाल भित्रिने पर्यटकहरुको स्वागतका लागि बगैंचा बनाउन लागेको हानले जनाएको  छ ।

यस विषयमा हानका प्रथम उपाध्यक्ष अमरमान शाक्य र त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो काम तुरुन्त सुरु गरी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 
 

तपाईंको बिचार