Sunday, June 25, 2017  |    

गन्तव्य नेपाल न्यूज डटकमको बार्षिकोत्सव जेष्ठ ३१ मा, सद्भावना दुतको खोजी गरिदै

प्रकाशित मिति: 2016/06/05

जेष्ठ २५,काठमाण्डौ । गन्तब्य नेपाल पब्लिकेशनद्धारा सञ्चालित  गन्तब्य नेपाल न्यूज डट कम को दोस्रो बार्षिक उत्सवको अवशरमा पर्यटन अवधारणा सार्वजनिक गरिने भएको छ । यसअघि जेष्ठ ३२ गते बार्षिकोत्सवको तयारी गरिएपनि आन्तरीक तयारीका कारण एकदिन अगावै जेष्ठ ३१ गते  होटल मर्स्याङ्दीमा कार्यक्रम हुने तय भएको हो । 

उक्त कार्यक्रममा  पर्यटनको बिकाशका लागि हालसम्म भएगरेका गतिबिधी र यसमा सरोकारवालाहरुको भुमिकाबारे छलफल हुने आयोजकले बताएको छ ।  
पछिल्लो समय पर्यटन क्षेत्रका नियमक निकायहरु भद्रगोल ढंगमा चलिरहेको कारण पर्यटन क्षेत्रले निकाश पाउन नसकिरहेको सन्दर्भमा गन्तव्य नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो । 
एकपछि अर्को पर्यटन क्षेत्रमा संकटहरु बढ्दै गइरहेको  र यसलाई दिशानिर्देशको अभाव महशुस भइरहेको आजको दिनमा पर्यटन क्षेत्रलाई दिशानिर्देश गर्ने अभियानस्वरुप पर्यटन अवधारणा सार्वजनिक गर्न लागिएको पब्लिकेशनका अध्यक्ष शिब अधिकारीले बताउनुभयो । यसका साथै पर्यटनको अत्यन्तै मुटुको रुपमा रहेको लाङटाङ क्षेत्र प्रतिको अनर्गल र भ्रामक प्रचारलाई रोकी अन्तर्रा्ष्ट्रिय जगतमा सकारात्मक सन्देश पुर्याउन महत्वपुर्ण योगदान पुर्याउने.ब्यक्तिलाई लाङटाङ सद्भावना दुत २०१६ घोषणा गर्ने पनि जानकारी दिनुभयो ।
एक अर्को प्रशंगमा अधिकारीले महाभुकम्प पश्चात पर्यटन क्षेत्रमा रहेर पनि जनताको घरदैलोमा गएर मल्हम लगाउन सक्रिय केही सामाजिक ब्यक्तित्वलाई अभिनन्दित गर्ने पनि बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा अहोरात्र पर्यटन प्रवद्र्धनकै लागि क्रियाशिल केही पत्रकारहरुलाई पनि सम्मान गरिने जानकारी दिनुभयो । यसैक्रममा लाङटाङ सद्भावना दुत छनौट गर्नका लागि पब्लिकेशनले पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीको संयोजकोत्वमा ३ सदस्यिय समिती मनोनयन गरेको छ । सदस्यहरुमा न्यूज २४ टेलिभिजनका प्रेम बाँनिया, गोरखापत्र दैनिकका शरदराज सुबेदीलाई मनोनयन गरेको पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमलाई भव्य र सभ्य बनाउन अधिकारीले सबैमा आग्रह पनि गर्नुभएको छ ।
 
  

तपाईंको बिचार