Sunday, August 20, 2017  |    

विश्व वातावरण दिवसको अवसरमा सौराहा नाना होटलद्धारा बृक्षारोपण कार्यक्रम

प्रकाशित मिति: 2016/06/05

जेष्ठ २३, चितवन । विश्व वातावरण दिवसको अवशर पारेर सौराहा नाना होटलले आज सौराहा टुरिष्ट बस पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

लेट्स प्लान्ट फर द प्लानेट भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा वातावरण प्रदूषणको कारणले गर्दा मानव जीवन तथा प्राकृतिक प्राणीहरुमा पर्न सक्ने असरको बारेमा जानकारी दिने उदेश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 
सौराहा नाना होटलको प्रांगणबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित क्षेत्रिय होटल एसोसियसन अफ नेपाल(रिहान) का अध्यक्ष ज्ञानेन्द्र विष्ठले सौराहा टुरिष्ट बस पार्कमा वृक्षारोपण गरेका थिए ।  साथै सौराहा टुरिष्ट पुलिसका सब इन्सपेक्टर लोकेन्द्र अधिकारी, क्षेत्रीय होटल एसोसिएसनका महासचिव राम मणी खनाल, स्थानिय होटल व्यवसायी तथा स्थानिय स्कुलका विद्यार्थीहरुको सहभागिता थियो ।
सन १९९२ देखि होटल नानाले ठमेलमा होटल व्यवसाय सञ्चालन गर्दै आएकोमा आफ्नो व्यवसायको विस्तार गर्ने क्रममा यस कम्पनीले सौराहामा भखरै मात्र सौराहा नाना होटल नामबाट आफ्नो शाखा खोलेको हो । यस कम्पनीको प्रिमियम स्तरको होटलको रुपमा नवलपरासीमा अर्को होटल आयोजना पनि निमार्णाधिन अवस्थामा रहनुका साथै सन २०१७ सम्ममा लुम्बिनी, पोखरा, बर्दिया तथा इलाममा समेत आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ ।

 

 

तपाईंको बिचार