Monday, October 23, 2017

धुलिखेलमा पर्यटक प्रहरीको माग

प्रकाशित मिति: 2016/06/06

जेठ २४, बनेपा ।  धुलिखेलमा पर्यटकको आगमन बढ्न थालेसंगै पर्यटकहरु समस्यामा पर्न थालेका छन् । पर्यटकहरुको समस्या समधान तथा  पर्यटकीय सुरक्षाकोलागि स्थानीयले पर्यटक प्रहरीको माग गरेका छन् । आइतबार धुलिखेलमा “अपराध नियन्त्रणमा नागरिक समाज“ विषयक अन्तरक्रीया कार्यक्रम आयोजना गर्दै वाग्मती अञ्चल प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले त्यस्तो माग गरेका हो ।

स्थानीय फूलमाया तामाङले अहिले पर्यटक झगडा गरेर बस्दा पनि निरीह हुनुपर्ने अवस्था भएको जानकारी दिँदै पर्यटक प्रहरी भए सुरक्षा अनुभव हुने बताए । उनले पर्यटक प्रहरीबाट पर्यटन व्यवसायीलाई पनि सुरक्षाको महसुस हुने जानकारी दिँदै सबै पर्यटक असल नियतका नहुने बताए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पर्यटक प्रहरी नभए पनि समस्या आए समाधान गर्न प्रशासन तयार रहेको उल्लेख गरे । धुलिखेललाई पर्यटकीय आर्कषणको गन्तव्य मानिन्छ ।

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले नेपाल प्रहरी प्रमाणमुखी अनुसन्धानमा अभयस्त हुन थालेको उल्लेख गर्दै स्थानीय रुपमा स्थानीय सरकार नहुँदा प्रहरीमाथि भार आएको बताए ।

उनले भूकम्पका कारण क्षतिग्रस्त चौकी पुनः स्थापना हुन नसकेको जानकारी दिँदै कुनै प्रहरीले घुस माग्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताए  

तपाईंको बिचार