Thursday, March 23, 2017  |    

सगरमाथामा प्रेमले रचेको विश्व इतिहास

प्रकाशित मिति: 2016/06/06

सागर चन्द 

  जेठ २४ ,काठमाडौं  । भारत महाराष्ट्रका एक प्रहरी दम्पतिले सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान रचेका छन् । भारतको महाराष्ट्र प्रहरीका कन्सटेवल दम्पती दिनेश चन्द्रकान्त राठोर र उनकि श्रीमती तारकेश्वरी राठोरले सगरमाथाको चुचुरोमा पाईला राख्ने प्रथम प्रहरी जोडिको इतिहास बनाएका हुन् ।

आज राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै दिनेश चन्द्रकान्त राठोरले सगरमाथाको आरोहण गर्नसक्नु आफैमा गर्वको कुरा भएको बताए ।  सगरमाथा आरोहणको लागि हामिले आफ्नो सन्तान जन्माउने योजना समेत पछाडि सारेका छौ, अब हामी गर्वसाथ सन्तान जन्माउन सक्छौ” तारकेश्वरी राठोरले भनिन ।  
सन २००७ मा प्रहरी सेवामा प्रवेश गरेका राठोर दम्पति सन् २००८ मा विबाह बन्धनमा बाँधिएका थिए । 
३० वर्षिय दम्पतिले सन् २०१४ मा अष्ट्रेलीयाका १० ठुला शिखरहरुको पनि सफलतापुर्वक आरोहण सम्पन्न गरिसकेका छन् । आफ्ना सहकर्मिमाझ “एडभेन्चर्स कपलका” रुपमा परिचित राठोर दम्पतीले सन् २०१५ मा नै सगरमाथा आरोहणको अनुमति लिइसकेका थिए । तर भूकम्पको कारणले  अघिल्लो वर्षको आरोहण स्थगित हुन पुगेको थियो । 
 यस वर्षको सगरमाथा आरोहणमा २ जना भारतीय नागरीकले ज्यान गुमाउनु परेको घटनाले राठोर दम्पतीलाई केहि मनोवैज्ञानीक असर परे पनि दृढ लक्ष्य र प्रेमको सार्मथ्यले सगरमाथामा विजय प्राप्त गर्न सकिएको उनीहरुको बुझाइ छ ।

तपाईंको बिचार