Sunday, November 19, 2017

पर्यटनका विकृति निर्मुल पार्ने रसुवा नुवाकोट समाजको उद्घोष

प्रकाशित मिति: 2016/06/07

जेष्ठ २५, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजले त्यस क्षेत्रमा पर्यटकहरुले भोग्नुपरेका समस्या समाधानको खोजीका लागि सरोकारवालहरुविच एक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समाजको ठमेलस्थित संघका अध्यक्ष बलराम न्यौपानेको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
समाजले संस्थालाई ससक्तता दिनको लागि सदस्यता बितरणलाई पनि ब्यापकता दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले रसुवागढी नाकामा पर्यटकहरुलाई सेवा प्रदान गर्ने  प्रदायकहरुलाई अवरोध भएकोमा गृहमन्त्रीलाई ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ ।
रसुवागढीमा गएका पर्यटकहरुलाई केही स्थानियहरुले धरपकड गर्ने तथा अभद्र ब्यवहार गर्ने गरेको प्रति ध्यानाकर्षण भएको भन्दै समाजले त्यस्ता गतिबिधी रोक्नका लागि तत्काल गृहमन्त्री लाई ध्यानाकर्षण गराउने संघका अध्यक्ष न्यौपानले बताउनुभयो । एक अर्को प्रशंगमा न्यौपानेले संस्थालाई बृहत्तर बनाउने अभियानमा आफु लागिसकेको र त्यसको लागि संस्थालाई शक्तिशाली बनाउन  नियामक निकायसँग सहकार्य गरेर अगाडि बढ्ने र समाजको सदस्यता बितरणलाई ब्यापकता दिने पनि बताउनुभयो । 
उहाँले रसुवा र नुवाकोटका  छुटेका पर्यटन ब्यावसायीहरुलाई तत्काल सदस्यता लिनको लागि पनि आग्रह गर्नुभयो । 

तपाईंको बिचार