Wednesday, August 23, 2017

पर्यटक बोलाउदै नाट्टाको टोली दक्षिण कोरिया

प्रकाशित मिति: 2016/06/09

जेठ २७, काठमाडौं ।  नेपालको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले दक्षिण कोरिया र भारतमा कार्यक्रम गर्ने भएका छन् । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)पश्चिमाञ्चलले कोरिया र पोखरा पर्यटन परिषद्ले भारतमा र नेपालको पोखरालगायतका क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेका हुन् ।
 
नाट्टा पश्चिमाञ्चलको २० सदस्य टोली बुधबार दक्षिण कोरियाको सोउलतर्फ गएको छ भने पोखरा पर्यटन परिषद्को टोली शनिबार भारतको सिलगुडी हुँदै सिक्किम, दार्जिलिङ्तर्फ जाने भएको छ । 
कोरियमा ९ जुन देखि १२ जुनसम्म हुने कोट्फा ट्राभल फेयरमा सहभागी भएर नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोरिया जान लागेको नाट्टा पश्चिमाञ्चलका अध्यक्ष डिल्लीप्रसाद गौतमले जानकारी दिए। कोट्फा ट्राभल फेयरमा विभिन्न ६० देशका सयौं पर्यटन व्यवसायीको सहभागिता हुनेछ।
सन् २०१४ मा २३ हजार दुई सय पाँच कोरियाली पर्यटकले नेपालको भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । प्रत्येक वर्ष एक करोड ५५ लाख कोरियाली विदेश घुम्न जान्छन्। त्यसमा भ्रमण गर्ने प्रमुख १२ देशमध्ये ११ एसियाका छन्। 

     
 
 

तपाईंको बिचार