Wednesday, May 24, 2017  |    

कांग्रेस निकट लोकतान्त्रिक पर्यटन ब्यावसायीको राष्ट्रिय भेला स्थगित

प्रकाशित मिति: 2016/06/09

जेष्ठ २७, काठमाण्डौ । नेपाली कांग्रेस निकट पर्यटन व्यावसायीहरुको संस्था नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघले यही जेष्ठ २८ गते गर्ने भनिएको वृहत राष्ट्रिय भेला तत्कालका लागि स्थगित गरेको छ ।
संघका अध्यक्ष रामशरण थपलियाले गन्तब्य नेपालसँग कुराकानी गर्दै भेलाको लागि आन्तरीक गृहकार्य अपुग भएको भन्दै स्थगित गरिएको बताए ।

उनले पर्यटन क्षेत्रमा प्रजातान्त्रिक बिचारधाराका व्यावसायीहरुलाई संगठित बनाउनका लागि महाअभियानकै रुपमा आफु लागिपरेको बताउँदै देशैभरिका पर्यटकीय स्थलहरुमा प्रजातान्त्रिक धारमा विश्वास राख्ने ब्यावसायीहरुलाई संगठित गरि सदस्यता बितरण कार्यलाई तिब्रता दिने पनि बताए । पर्यटन अवधारणा सार्वजनिक गर्नको लागि पनि आफु आन्तरीक तयारीमा जुटिरहेको उनको भनाइ छ । केही समयको अन्तरालमा नै सम्पुर्ण पर्यटन क्षेत्रमा लागिरहेका बिभिन्न तह र तप्कामा रहेका ब्यावसायीहरुलाई गोलबद्ध गरेपश्चात बृहत राष्ट्रिय भेला सँगसँगै पर्यटन अवधारणा सार्वजनिक गर्ने थपलिएले जानकारी दिए । 
थपलियाले आफु र आफ्नो संस्थामाथी केही व्यक्तिहरुले अनर्गल प्रचार गर्ने दुष्प्रयास गरेको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको बताउँदै त्यसको पछि नलाग्न सम्पुर्ण प्रजातान्त्रिक बिचारधारामा आस्था राख्ने व्यावसायीहरुलाई आग्रह समेत गरे । आफुले लिएको सहनशिलताको नितिलाई केही तत्वहरुले कमजोरीको रुपमा लिएको भन्दै थपलियाले आफुलाई कमजोर नआँक्न समेत चेतावनी दिए ।

 

तपाईंको बिचार