Monday, May 1, 2017  |    

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

प्रकाशित मिति: 2016/06/11

जेठ २९, काठमाडौं । पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य भएको छ ।  विश्व प्रसिद्ध फोब्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्यको रुपमा  उल्लेख गरेको हो । 
उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने बताएको छ । सोसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोव्र्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ ।
फोब्र्सले अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।
   

 

तपाईंको बिचार