Thursday, March 23, 2017  |    

धैलागिरि पदमार्ग निर्माण

प्रकाशित मिति: 2016/06/11

जेठ २९, म्याग्दी । म्याग्दीको मुदी गाविसमा धौलागिरि हिमालको आधार शिविर (बेसक्याम्प) जाने पदमार्ग निर्माण गरिएको छ । जिल्ला विकास समितिले रु २५ लाख लगानिमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेका हुन् ।

धाौलागिरिको आरोहण र भम्रणमा जाने पर्यटकको सुविधाका लागि विनियोजन भएको उक्त बजेटबाट यस वर्ष मुदीको खाम्लामा रु दुई लाख, मुदी गाउँदेखि दिवाघाटसम्म रु १५ लाख र बगरबाट इटाली क्याम्पसम्म रु आठ लाख बजेटबाट नयाँ पदमार्ग निर्माण तथा पुरानो पदमार्गको स्तरोन्नती गरिएको धौलागिरि पर्यटन पदमार्ग निर्माण समितिका अध्यक्ष हस्तबहादुर पुनले जानकारी दिए । 
यस वर्षको बजेटबाट खाम्लामा ३०० मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । त्यस्तै मुदी गाउँदेखि दिवाघाटसम्म ५२० मिटर ढुङ्गाको सिँढी निर्माण गरी पदमार्ग निर्माण गरिएको जिविसका सव इन्जिनियर बालकृष्ण पौडेलले बताए । यस अघि भूकम्प र बाढीले पदमार्ग भत्काएको थियो । पदमार्ग मर्मत भएपछि पर्यटकलाई राहत मिलेको दोभानमा होटल व्यवासय गर्दै आएका बमबहादुर पुनले बताए ।

इटालीदेखि स्विस क्याम्पसम्मको करिब तीन किलोमिटर पदमार्ग निकै जोखिमपूर्ण रहेको छ । पर्यटक र भरिया पदमार्ग हुँदै अगाडी बढ्न सक्ने अवस्था नरहेको बताइएको छ  

तपाईंको बिचार