पर्यटक बल्तकारका आरोपिलाई जन्मकैदको सजाय

जेठ २९, नयाँ दिल्ली । सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ ।
मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले बलात्कार आरोपमा मुद्दा चलाइएका २३ देखि ३० वर्ष उमेर समूहका ती युवामाथि सामूहिक बलात्कार, अपहरणलगायतका अभियोग प्रमाणित भएपछि सजाय सुनाइएको हो ।
डेनिस महिलाले कोनाउटस्थित एक प्रसिद्ध बजारबाट आफ्नो होटेल जाने बाटो सोध्ने क्रममा नौ जना युवकले उनलाई एकान्तमा लगी लुटेको र सामूहिक बलात्कार गरेको जनाएकी थिइन् । बलात्कारकाण्डमा सहभागी भएका तीन जना १८ वर्षमुनिका नाबालक भएको भन्दै उनीहरुलाई जुभेलिन जस्टिस बोर्डमा आचरण सुधारका लागि पठाइएको छ भने एक जनाको सन् २०१६ को फेब्रुअरीमा मुद्दाको सुनवाई हुने क्रममै मृत्यु भएको थियो । .
तपाईंको बिचार