Monday, November 20, 2017

साहसिक पर्यटन गाईड तालिम सुरु

प्रकाशित मिति: 2016/06/14

जेठ ३२, काठमाडौं ।  साहसिक पर्यटन पथपर्दशक तालिम सुरु भएको छ । ट्रेकिङ एजेन्सिजएसोसियसनअफ नेपाल (टान) र एड्भेन्चर ट्राभल टे«ड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्तआयोजनामा जेठ ३१ गतेबाट गतेबाट टान केन्द्रीयकार्यालय मालिगाउँमासुरु भएको हो । तालिम ८ दिन सम्म सञ्चालन गरिने छ  । 

तालिमउद्घाटन कार्यक्रममाशुभकामना मन्तव्य व्यक्त गर्दै टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिकपर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्षजनशक्तिको आवश्यकता रहेकोले तालिम संचालन गरेको बताउँदै नेपालमा साहसिकपर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भयो ।    
साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुहव्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा स्वदेशी तथा विदेशी विज्ञहरुले  प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्ने छन् । 
विश्व बजारको कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत पर्यटन उद्योगको योगदान रहेको छ भने नेपालमा ९ प्रतिशत पर्यटन क्षेत्रको योगदान रहेको तथ्याङक रहेको छ ।  

तपाईंको बिचार