Saturday, April 29, 2017  |    

“प्याराग्लाइडिङ नगर्दा पोखरा भ्रमण अधुरो” ः राजेश हमाल

प्रकाशित मिति: 2016/06/14

जेठ ३२, पोखरा ।  महानायक राजेश हमालले पोखरामा प्याराग्लाइडिङमा चढेका छन् ।  
हमाल चढेको प्याराग्लाइडिङ राम गौतमले चलाएका थिए । राजेश हमालले प्याराग्लाइडिङ चढेको यो दोस्रो पटक हो ।

उनले पहिलो प्याराग्लाइडिङ महाविनासकारी भूकम्पपछि २५ अप्रिल २०१५ मा पर्यटन प्रवद्र्धन गर्नका लागि गरेका थिए ।

 उनी श्रीमती मधु भट्टराई र आफ्ना सहयोगीका साथ पोखरा आएका थिए । उनलले त्यही क्रममा पोखरामा प्याराग्लाइडिङ गरेका हुन् ।

प्याराग्लाइडिङ चढिसकेपछि हमालले पोखरा भ्रमण प्याराग्लाइडिङबिना अधुरो हुने बताए ।
‘यदि तपाई पोखरा आउनु भयो र प्याराग्लाइडिङ गरिएन भने तपाईंको भिजिट पूरा हुँदैंन । मानिसले जीवनमा एक पटक प्याराग्लाइडिङ गर्नैपर्छ,’ आकाश उडिरहेका बेला उनले थप्दैं भने, ‘आकाशमा उड्नु स्वर्गको सुखानुभूत गर्नु हो ।’    

तपाईंको बिचार