Tuesday, August 22, 2017

नाटोजको विपद् पत्रकारिता तालिम असार २ गते हुने

प्रकाशित मिति: 2016/06/15

असार १ , काठमाण्डौ । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)ले बिपद् पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ ।
बिहिवार सि डब्लु पार्टि हल कमलादिमा सञ्चालन हुने उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा भैपरि आउने जोखिम र   न्यूनिकरणका साथै त्यसबाट बच्ने उपाय लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिने राष्ट्रिय पर्यटन पत्रकार संघ( नाटोज) का अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । यसका साथै हरेक बर्ष पर्यटनमा कुनै न कुनै दैबिक बिपत्तिको सामना गरिरहनु परेको स्थीतिमा उक्त तालिमका माध्मबाट प्राप्त हुने सिपले विपद् न्यूनिकरणमा उल्लेख्य भुमिका खेल्ने अधिकारीको भनाइ छ ।
विपद पर्यटनमा ख्याति कमाएका ब्यक्तित्वहरुले प्रशिक्षण दिने उक्त तालिम कार्यक्रममा विपत पत्रकारितामा इच्छुक बिभिन्न क्षेत्रका ५० जनाभन्दा बढि ब्यक्तिहरु सहभागि हुने आयोजकले जनाएको छ । बिहान ८ बजेबाट सुरु हुने उक्त प्रशिक्षण कार्यक्रम दिउँसो ३ बजे पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलको हातबाट सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेपश्चात समापन हुनेछ ।

 

तपाईंको बिचार