Wednesday, August 23, 2017

पर्यटनले विपद्लाई आत्मासाथ गरेको छ :पर्यटनमन्त्री पोखरेल

प्रकाशित मिति: 2016/06/16

असार २, काठमाण्डौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटनमा जोखिम नरहेको बताएका छन । 

आज राजधानीमा राष्ट्रिय पर्यटन पत्रकार संघले आयोजना गरेको  विपद् पर्यटन पत्रकारिता तालिमको समापन गर्दै मन्त्री पोखरेलले भुकम्पले केही भौतिक संरचनाहरुमा क्षति पुगेपनि समग्र रुपमा नेपालको पर्यटन सुरक्षित रहेको बताए । उनले पर्यटनमा रहेका जुनसुकै जोखिमको सामाना गर्न आरोहीहरु तयार रहने गरेको तर्फ इंगित गर्दै पर्यटन आफैमा जोखिमलाई आत्मसाथ गर्दै अगाडि बढ्ने क्षेत्र भएको उनको भनाई थियो ।

यस्तै राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले पर्यटनमा आइपर्ने विपद्हरुको सही र तथ्यगत सुचना सम्प्रेशण गर्नको लागि तालिम फलदायी हुने बिश्वास ब्यक्त गरे । सम्पुर्ण पर्यटन पत्रकारहरुले पर्यटन क्षेत्रका विपद्हरुको सामना गर्न एकजुट हुनुपर्नेमा अधिकारीको जोड थियो । 
एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रलाई अस्तब्यस्त बनाउनका लागि केही भाइरस मनोबृतिका ब्याक्तिहरु सक्रिय रहेको भन्दै त्यस्ता ब्यक्तिहरुबाट पर्यटन क्षेत्रलाई जोगाउनु गम्भिर चुनौति भएको बताए ।
कार्यक्रममा गृह मन्त्रालय विपद् ब्यावस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल, रेडियो नेपालका समाचार सम्पादक हरिशरण लामिछाने, पर्वतिय पर्यटन विद् आङछिरिङ शेर्पा र न्यूज २४ टेलिभिजनका समाचार सम्पादक प्रेम वाँनियाले विपद्मा गरिने पत्रकारिताका सम्बन्धमा प्रशिक्षण दिएका थिए । 
उक्त कार्यक्रममा नेपाल पर्यटन वोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी  मोहन लम्साल, ठमेल पर्यटन बिकाश परिषद्का अध्यक्ष रामशरण थपलिया लगायतले विपद प्रशिक्षणको आयोजना गरेकोमा (नाटोज) लाई धन्यवाद दिएका थिए । प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पर्यटन पत्रकारका साथै अन्य बिभिन्न क्षेत्रका ५३ जना सहभागि भएको आयोजकले जनाएको छ ।

तपाईंको बिचार