Thursday, June 29, 2017  |    

पूर्वाधारको अभावमा खप्तड

प्रकाशित मिति: 2016/06/19

असार ५,डोटी ।  पश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि आवश्यक पूर्वाधारको पर्याप्त मात्रामा नरहेको दखिएको छ ।  
शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्किएका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर्यटकको खाने, बस्ने, सडक यातायात, सुरक्षा, सञ्चारलगायतका असुविधा रहेको अनुभव सुनाए ।

कार्यक्रममा खप्तडको भ्रमण टोलीमा सहभागी वक्ताहरुले भावनात्मक रुपमा आन्तरिक पर्यटक खप्तड पुग्ने गरे पनि चाहिने सबै पूर्वाधार नजुटेका कारण विदेशी पर्यटक जान नसकिरहेको धारणा राखे ।

कैलाली उद्योग वाणिज्य संघ र नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन (नाटा)द्वारा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले खप्तड क्षेत्र गल्फ, योग ालगायतका लागि पनि उपयुक्त क्षेत्र हुन सक्ने बताएका थिए ।

सरकारले खप्तड पर्यटन विकास समिति गठन गरेको भए पनि यो समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको स्थानीय पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ ।

सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको सीमा क्षेत्रमा पर्ने खप्तडमा गङ्गा दशहराको अवसरमा  वर्षेनि ठूलो मेला लाग्ने गर्छ ।

तपाईंको बिचार