Tuesday, August 22, 2017

पोखरामा प्याराग्लाइडिङ कम्पनी दर्ता बन्द

प्रकाशित मिति: 2016/06/19

असार ५, पोखरा ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरमा प्याराग्लाइडिङ दर्ता बन्द गरेको छ । पोखराको क्षमता ६२ वटा कम्पनी भएकाले सो कोटा पूरा भएकाले अबदेखि नयाँ कम्पनी दर्ता बन्द गरिएको प्राधिकरणले बताएको छ ।   
प्राधिकरणले पोखराले अब थप कम्पनी धान्न नसक्ने भएकाले दर्ता प्रक्रिया रोकिएको जनाएको छ  । 
 अन्र्तराष्ट्रिय विमानस्थल निर्माणपछि पोखरामा प्याराग्लाईडिङ बन्द हुने र नहुने  अझै लागिसकेको छैन । विमानस्थल बनेपछि प्याराग्लाइडिङ बन्द हुने चर्चाले पर्यटन व्यवसायी चिन्तित भइरहेका बेला प्राधिकरणले यस्तो जानकारी दिएको हो । 
६२ वटा प्याराग्लाईडिङ कम्पनी रहेको पोखरामा सराङकोट आधार क्षेत्र बनाएर २० र तोरीपानी आधार क्षेत्र बनाएर ४२ वटा कम्पनीले उडान भर्ने अनुमति लिएका छन् ।

 

तपाईंको बिचार