Friday, March 24, 2017  |    

मानसरोवर गएका ४ जना तीर्थयात्रीको मृत्यु

प्रकाशित मिति: 2016/06/19

असार ५, काठमाडौं ।  चीनको तिब्बतस्थित कैलाश मानसरोवर दर्शनमा गएका चार जना तीर्थयात्रीको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेश राजनगरका ५९ वर्षीय दौलत सिंह, आन्द्र प्रदेश परिमल्लाका ६२ वर्षीय बदमपुरिराम लिङ्गे स्वारा, जोधपुरका ७६ वर्षीय भोगीलाल देसाइ भाइ पटेल र भारतीय मूलका क्यानेडियन नागरिक ६२ वर्षीय कृष्ण मूर्तीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, चारै जनाको लेक लागेर तिब्बतमै ज्यान गएको हो । दौलत सिंहको शव नेपालगन्जमै छ । अन्यको हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । गतवर्षको भूकम्प पश्चात चिनले तातोपानी नाका बन्द गरेपछि यो वर्ष भारतीय तिर्थयात्री नेपालगन्ज(सिमकाट हुँदै हिल्सा भएर मानसरोबर यात्रा गरिरहेका छन् । बैशाखबाट सिजन सुरु भएको थियो । अहिलेसम्म यो नाका भएर तीन हजार बढीले आवत जावत गरिसकेका स्थानीय प्रशासनले जनाएको छ ।

भारतीय तिर्थयात्रीले यो मार्ग उपयोग गर्न थालेपछि निजी जहाज र हेलिकप्टर कम्पनीलाई ओसार पसार गर्न भ्याइनभ्याइ छ । नेपालगन्ज, सिमकोट र हिल्सामा रहेका होटल भरिभराउ छन् ।


 

तपाईंको बिचार