Tuesday, November 21, 2017

पूर्व युवराज पारस खप्तड भ्रमणमा

प्रकाशित मिति: 2016/06/19

असार ५,काठमाडौँ । पूर्वयुवराज पारस शाह सुदुरपश्चिमको पर्यटकीय एवं तीर्थ स्थल खप्तड पुगेका पुगेका छन् । पारसको साथमा पारिवारीक सदस्य सीताष्मा राज्य लक्ष्मी शाहलगायत अरु १९ जना रहेका छन् ।
पारसको टोली १०–१५ दिन बस्ने बताइएको छ । यद्यपि, प्रवन ध्यानका लागि केही  बसाई  केहि लामो हुन सक्ने बताइएको  छ ।   पारसलाई खप्तड ल्याउन सहहयोग गर्ने पूर्व प्रहरी प्रमुख हेम बहादुर सिंहका छोरा प्रवन जङ्ग सिंह हुन् । आध्यात्मिक नाम ‘व्याघ्र वेद नाथ’ राखेका प्रवन पारसका साथी हुन् । 
 
 २२ पाटन (मैदान) ५२ झोती (थेम्का) र २६ ताल (दह) रहेको खप्तड डोटी, अछाम, बझाङ र बाजुराको बीच भागमा पर्दछ । यद्यपि, खप्तड राष्ट्रिय निकुन्ज रहेको क्षेत्र भने बाजुरामा पर्दछ । 
 
 
 पारसको टोली श्री १००८ ब्रहमवित् परमहंस योगी सच्चिदानन्द सरस्वती –श्रीखप्तडस्वामी को भेट आश्रम नजिकै रहेको पाहुना गृहमा बसेको छ । जो पूर्व राजा वीरेन्द्रले बनाउन लगाएका हुन् । खप्तड स्वामी हुँदा पूर्व राजा वीरेन्द्र परिवारका सदस्य र सहयोगिसहित  खप्तड पुगिरहन्थे । पछि स्वामीको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्यहरु खप्तड आउन छोडेका थिए । 
 
गंगादशहरा मेलाकै अवसर पारी पूर्व राजपरिवारको सदस्यका तर्फबाट पूर्व युवराज पारस खप्तड पुगेका हुन् । गणतन्त्र अघि गंगादशहरामा दर्शन गर्न पूर्ज राजा खप्तड पुग्ने गर्दथे । यद्यपि, खप्तड स्वामीको निधनपछि बाबा कुटी खाली भएको छ भने, अन्य धर्मशालाहरुमा बाबाहरु केही समय आउने बस्ने मात्रै गर्दछन् । लामो समय ध्यान गरेर बस्नेहरु भने छैनन् । पूजा आजा भने  सेनाकै पुजारीबाट हुँदै आएको छ ।  
 सुदूरपश्चिमको सवैभन्दा प्रशिद्ध पर्यटकिय गन्तव्य र तीर्थ स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिर सम्मको समय उपयुक्त मानिन्छ । खप्तडको सवैभन्दा आकर्षक गंगादशहरा मेला हो । त्यसपछि भाद्र महिनामा समेत खापड दहमा जात्रा लाग्ने गर्दछ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट भक्तजनको भीड लाग्ने गर्दछ भने विदेशी पाहुना तथा छिमेकी मुलुक भारतका तीर्थयात्री समेत पुग्दछन् । 
 
 १ हजार २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको  खप्तडको   पर्यटन विकासका लागि भनेर सरकारले पर्यटन मन्त्रालय अन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समितिको रुपमा एक निकाय स्थापना समेत गरेको छ ।  
खप्तडमा हिउँदको कार्तिक–मंसिर महिनाबाट चैत–वैशाख महिनासम्म हिमपात हुन्छ । यो समय बाहेक बाँकी समय घुम्नका लागि उपयुक्त मौमस मानिन्छ । जहाँ २२ पाटन (मैदान) ५२ झोती (थेम्का) र २६ ताल (दह) छन् । 
 

 

तपाईंको बिचार