Thursday, November 23, 2017

रोपाई महोत्सवको आयोजना गर्दै भिटोफ नेपाल

प्रकाशित मिति: 2016/06/19

असार ५, काठमाडौं । गाँउ पर्यटन प्रर्वद्धन मञ्च नेपाल (भिटोफ)ले यहि असार १५ गते रोपाई महोत्सवको आयोजना गर्ने भएको छ । नुवाकाटको तुप्चेमा रापाई महोत्सव हुने भएको हो ।  
स्थानीय स्तरको पर्यटन तथा संस्कृती प्रर्वद्धन गर्ने उदेश्यका साथ रोपाई महोत्सव आयोजना गर्न लागिएको जनाकारी दिए महोत्सवका संयोजक एवम भिटोफका सचिव बासुदेव पाण्डेले ।  
महोत्सवमा पर्यटन मन्त्रीको समेत सहभागिता हुने छ । भने  इन्द्रेणी समुहले सांस्कृतीक कार्यक्रम प्रस्तुत गर्ने छ । 
महोत्सवले आन्तरीक पर्यटन तथा कुषि पर्यटनको विस्तारमा  महत्वपुर्ण योगदान पुग्ने विश्वास पाण्डेको छ ।  
भिटोफले बिगत ५ वर्षदेखि स्थानीय पर्यटन प्रर्वद्धनको लागि रोपाँइ महोत्सव गर्दै आइरहेको छ ।    

 

तपाईंको बिचार