Monday, April 24, 2017  |    

६ महिनायता मुस्ताङ पुग्ने पर्यटकको संख्यामा बृद्धि

प्रकाशित मिति: 2016/06/22

असार ८, मुस्ताङ ।   पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटककोआगमन बढेको छ ।  पछिल्लो छ महिनामा १५ हजार पर्यटक मुस्ताङ आएको तथ्याङ्कले देखाएको छ ।  अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्रासँगै लोमान्थाङ,   मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीको भ्रमण गर्न पर्यटकहरु त्याहाँ पुग्ने गर्छन् ।   

सन् २०१६ को जनवरीदेखि मे महिनासम्म १५ हजार ३३८ जना पर्यटकले जिल्ला भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जानकारि दिएको छ ।  एक्यापका अनुसार एक हजार १४ जना उपल्लो मुस्ताङको भ्रमणसमेत गरेका छन् ।  

यस वर्ष कोरला नाकासम्म सहज यातायात व्यवस्था, तिजी पर्वका कारण उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्या पनि बढी रहेको बताइएको छ । अमेरिका, दक्षिण कोरिया, चीन, जापान, फ्रान्स, जर्मनी, क्यानडालगायत देशबाट बढी पर्यटक मुस्ताङ भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ ।

सन् २०१५ मा २३ हजार २७२ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए । देशको राजनीतिक अवस्थामा सुधार आएको र भ्रमणका लागि मुस्ताङ सुरक्षित रहेको सन्देश प्रवाह भइरहेकाले यस वर्ष पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव परेको छ ।
   

तपाईंको बिचार