Wednesday, September 20, 2017

राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन असार २१ गते हुँदै

प्रकाशित मिति: 2016/06/22

असार ८, काठमाण्डौ । टुरीष्ट गाईड एसोसिएसन अफ नेपाल( टूर्गान)ले यही असार २१ गते दिगो पर्यटनको लागि व्यावसायिक दक्षता भन्ने मूल नाराका साथ राष्ट्रिय टुरिष्ट गाईड सम्मेलन गर्ने भएको छ ।

हिजो बसेको टूर्गानको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । सिडब्लु पार्टी हल कमलादिमा दिउँसो १२ बजे हुने उक्त कार्यक्रम देशैभरि छरिएर रहेका बिभिन्न भाषाका टूरगाईडहरुलाई एकताबद्ध र एकढिक्का बनाई पथप्रर्दशक पेशालाई अझ ब्यावस्थित र मर्यादित बनाउन उक्त भेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । साथै उक्त भेलाबाट देशभरिका टुरिष्ट गाईडहरुको पेशागत हकहितको बृद्धि र पर्यटन क्षेत्रको बिकाशमा भेलाले ठुलो योगदान पुर्याउने भन्दै टूर्गानले सवै टूरिष्ट गाईडहरुलाई अनिवार्य उपस्थिीती भई भेलालाई भब्य र सभ्य बनाइदिन पनि आग्रह गरेको छ ।
एक अर्को प्रशंगमा टूर्गान अध्यक्ष नगेन्द्र चन्दले यो टूरीष्ट गाईडहरुको महाभेला भएकाले टुरीष्ट गाईडहरुको समस्या उजागर गर्नुका साथै उथ्थान र प्रर्वद्धन गर्ने अर्थमा निर्णायक भुमिका खेल्ने र उक्त भेलाले पर्यटन र टुरगाईडको बिकाशका लागि ऐतिहासिक भुमिका खेल्ने समेत बताउनुभयो ।
सम्मेलनले संस्थाको एसोसिएट सदस्य तथा मानर्थ सदस्य प्रदान गर्ने पनि जनाएको छ । साथै टूर्गानलाई बिगत लामो समयदेखी टूर्गानको उचाई बढाउन सहयोग गर्ने केही ब्याक्ति तथा पत्रकारलाई सम्मान गर्ने पनि बताएको छ ।   

तपाईंको बिचार