Sunday, May 28, 2017  |    

पर्यटन प्रवद्र्धनार्थ दोस्रो योग दिवश भव्यतापूर्वक मनाइयो

प्रकाशित मिति: 2016/06/23

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले योग पर्यटनको लागि नेपालमा पर्याप्त सम्भावना रहेको बताउनुभएको छ । नेपाल योग एसोसिएशनले विश्व योग पर्यटन दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित दोस्रो योग पर्यटन दिवस समारोहमा बोल्दै उहाँले योग पर्यटनका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
भगवान शिवको तपोभूमि, गौतम बुद्धको जन्मस्थान रहेकाले   योग र ध्यानका लागि नेपालको भौगोलिक अवस्थीति पनि उपयुक्त रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा लाग्ने व्यवसायी र सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभयो । योगसम्बन्धि एसोसिएसनले ल्याएको अवधारणामा सरकारको तर्फबाट सहयोग र सहकार्य गरेर अघि बढ्नेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा सहभागि बक्ताहरुले नेपाल आदिमकालदेखि ऋषिमुनिहरुको तपोभुमि, भगवान शिवको वासस्थानका साथै शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थान रहेकोले योगको जैविक उत्पति पनि चरणबद्ध रुपमा यही श्रृंखलाका साथ नेपालबाटै सुरुवात भएको बताएका थिए । संघका अध्यक्ष मोहन लम्सालले हिमालयको काखमा बसेर गरिने  योग अभ्यास विश्वमै दुर्लभ अनुभुति हुने भन्दै यसको प्रचुर सम्भावनालाई यथार्थमा अनुभूत गराउन आफु लागिपरेको बताउनुभयो । अध्यात्म पर्यटनका माध्यमबाट पर्यटनको समृद्धि सम्भव रहेको भन्दै नेपालमा रहेको हिमालयको संस्कृति प्रचारप्रसार गर्न योग अवधारणा फलदायी हुने उहाँको भनाइ थियो ।
संघका प्रथम उपाध्यक्ष अन्जन थापा (कुमार)ले नेपालका हिमाल र बनजंगलहरु ध्यानको लागि अत्यन्तै उत्तम गन्तव्यस्थल रहेकोले योग पर्यटनलाई बढवा दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल योग एसोसिएसनका महासचिव राजन सिंखडाले नेपाल आदिमकालदेखि नै तपोभूमि भएका कारण विश्व योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
 स्वदेशी तथा बिदेशी नागरिकहरुको बिशेष सहभागिता रहेको  उक्त कार्यक्रममा बिभिन्न १४ देशका पर्यकटकहरुले योग मन्त्रोच्चारण, प्रणायमका साथै योग र स्वास्थ्यको बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । विश्व योग दिवसको अवशरमा नेपाल योगा एसोसिएसनले मंगलबार प्रभातफेरी ¥याली निकालिएको थियो । बिहान ८ बजे नेपाल पर्यटन बोर्डबाट सुरु भएको प्रभातफेरी शहिदगेट, जमल हुँदै दरबारमार्गस्थित होटल उडल्याण्डमा कार्यक्रम आयोजना गरी योग दिवस मनाइएको थियो ।  

तपाईंको बिचार