Monday, October 23, 2017

विमानस्थल अबरुद्ध हुँदा सोलुखुम्बुमा पर्यटक अलपत्र

प्रकाशित मिति: 2016/06/26
 फाइल फोटो
फाइल फोटो

असार १२, सोलुखुम्बु ।  सोलुखुम्बुमा विमानस्थल अबरुद्ध हुदा सयौ पर्यटक अलपत्र परेका छन् । लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा  दुई सय भन्दा बढी पर्यटक  अलपत्र परेका हुन् ।  

सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौँ फर्कन लागेका  पर्यटक खराव मौसमका कारण विमानस्थलमा  रोकिएका हुन् । लुक्लाका पर्यटन व्यवसायी  छिरिङ शेर्पाका अनुसार  आफ्नो देश फर्कने  टिकट बुकिङ गरिसकेका पर्यटकहरु मारमा परेका छन् । कतिपयलाई खर्चको समेत अभाव भएको छ । 
यही असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बस मार्फत काठमाडौँं फर्कने तयारीमा छन् ।      

तपाईंको बिचार