Saturday, June 24, 2017  |    

आज राष्ट्रिय धान दिवस देशभर भव्यताकासाथ मनाइदैं

प्रकाशित मिति: 2016/06/29

असार १५, काठमाडौँ । आज राष्ट्रिय धान दिवस नेपापलभर भव्यताका साथ मनाइदैं  छ । आजै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) र अग्र्यानिक फाम हाउस एण्ड रिर्सोटले कृषि पर्यटनको उजागर गर्ने उदेश्यका साथ रोपाइ कार्यक्रम गर्दैछन् । कपनस्थित अग्र्यानिक फाम हाउस एण्ड रिर्सोटमा कार्यक्रम हुन लागेको हो ।   

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

 
धान उत्पादन बढ्ने अनुमान

आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यतामा रहको किसानका लागि यो वर्ष परिणम सुखद् हुने देखिएको छ ।
मौसमले साथ दिएका कारण यो वर्ष बैलैमा रापाईं सुरु भएको छ भने लामो समय मौसम अनुनूलहुने विज्ञहरुको पूर्वानुमानले किसानमा आशा पलाएको छ ।

तीन वर्षअघि ५० लाख ७० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । मौसम अनुकुलता रहिरहे र प्राकृतिक विपत्ति नआएमा आगमी वर्ष चालू आवको तुलनामा थप ७ लाख ७३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालको छ ।

गत वर्ष देशभर ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
 

तपाईंको बिचार