Monday, October 23, 2017

पाल्पामा होमस्टे तालिम सम्पन्न

प्रकाशित मिति: 2016/06/30

पाल्पा । पाल्पाको तानसेन र बौघागुम्हामा होमस्टे तालिम सम्मपन्न भएको छ ।  नेपाल पर्यटन बोर्डको सहयोगमा करियर गु्रप नेपालको आयोजनामा होमस्टे क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । 
सदरमुकाम तानसेनमा संचालित तालिम कार्यक्रममा कृषि सामुदायिक मदनपोखरा, मगर सांस्कृतिक वर्तुङ, र तानसेन भगवतीटोल पाल्पामा संचालित होमस्टे संचालकहरुको सहभागिता रहेको होराइजन होमस्टेकी संचालिका जानकी बस्यालले बताउनु भयो । 
 असार ५ र ६ गते संचालित तालिम कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्ष शिव लामिछाने तथा गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । तालिम कार्यक्रममा २५ जना सहभागी रहेको नेपाल पर्यटन बोर्डका प्रतिनिधि अमिर धोलाले बताउनु भयो ।  
त्यसैगरी असार ७ र ८ गते मगर संस्कृतिको बाहुल्यता रहेको रानीमहल मगर होमस्टे बौघागुम्हा ४ पाल्पामा पनि होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । सो क्षेत्रमा विगत ४ वर्षदेखी११ वटा घरमा  होमस्टे संचालनमा रहेको लेखबहादुर थापाले बताउनु भयो । पाल्पा सदरमुकाम तानसेनबाट १४ किलोमिटर पश्चिम तर्फ रहेको होमस्टेमा १ घण्टामा पुग्न सकिन्छ । भारतको ताजमहलसँग तुलना गरीने रानीमहल दरवारबाट  मगर होमस्टे एक घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ ।   तालिम कार्यक्रममा होमस्टे एसोसियसन नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल र पर्यटन पत्रकार भुमराज तिवारीले सहजीकरण गर्नु भएको थियो ।   

 

तपाईंको बिचार